दफा १४
निर्धारित अवधिभन्दा बढी थुन्न वा कैद गर्न नहुने
(१) अवधि तोकी थुना वा कैद परेका बन्दीलाई त्यस्तो अवधि भुक्तान भएपछि र प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीबाट कारागार बस्नु नपर्ने आदेश भएका बन्दीलाई तुरुन्त थुना वा कैदबाट मुक्त गर्नु पर्नेछ।

(२) कारागार प्रशासकले उपदफा (१) बमोजिम कुनै बन्दीलाई थुना वा कैदबाट मुक्त गरेको व्यहोरा बन्दी अभिलेख किताबमा उल्लेख गर्नु पर्नेछ।

(३) कारागार प्रशासक. वा कुनै कर्मचारीको हेलचेक्रयाँईबाट कुनै बन्दी प्रचलित कानून बमोजिम निर्धारित अवधिभन्दा बढी समयसम्म थुना वा कैदमा रहेको देखिएमा वा यस ऐन बमोजिम गर्नु पर्ने काम:नगरेको वा गर्न नहुने काम गरेको देखिएमा त्यस्तो कर्मचारीउपर विभागीय कारबाही हुनेछ।

(४) उपदफा (१) बमोजिमको अवधिभन्दा बढी थुना वा कैदमा रहेको भएमा त्यसको व्यहोरा खुलाई सम्बन्धित बन्दी वा निजको परिवार वा आफन्तले सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिन सक्नेछ।

(५): उपदफा (४) बमोजिम निवेदन पेश भएकोमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो बन्दीलाई तत्काल कैद वा थुना मुक्त गर्न लगाई निजलाई तोकिए बमोजिमको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ।

(६)“कैद अवधि भुक्तान गरी सकेको तर परिवार वा आफन्त नभएको वा भए पनि सम्पर्कमा नआएका वा शारीरिक वा मानसिक समस्याका कारण कैद मुक्त भएर पनि परिवारमा फर्कन नसक्ने बन्दीलाई कारागार प्रशासकले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी त्यस्ता व्यक्तिको हेरचाह गर्ने सरकारी संस्था वा सो प्रयोजनको लागि प्रचलित कानून बमोजिम स्थापना भएका सामाजिक संस्थाको जिम्मा लगाउन सक्नेछ।